सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलसरोकारको समाचारपछि साइबर ब्यूरोको फोन, प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले दिए उजुरी

जलसरोकार
सोमबार, असार १५, २०८३ | १९:५८:४७ बजे
प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापा

काठमाडौं । सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीको कार्यसम्पादनमाथि प्रश्न उठाउने समाचार प्रकाशित गरेकै कारण पत्रकारलाई प्रहरीको साइबर ब्यूरो धाउनुपर्ने अवस्था आएको छ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाले आफूविरुद्ध प्रकाशित समाचारलाई लिएर प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्। त्यसलगत्तै जलसरोकार डटकमका प्रकाशक तथा प्रधान सम्पादक विकास थापा क्षेत्रीलाई साइबर ब्यूरोबाट फोन गरी उपस्थित हुन निर्देशन दिइएको छ।

विवादको केन्द्रमा रहेको समाचार 'प्राधिकरणका थर्कबहादुरले प्रवर्द्धकहरूलाई कहिलेसम्म थर्काइरहने?' शीर्षकमा प्रकाशित भएको थियो। उक्त समाचारमा विद्युत् व्यापार विभागको RCOD सम्बन्धी निर्णय प्रक्रिया, निजी जलविद्युत् प्रवर्द्धकहरूले भोगिरहेका प्रशासनिक समस्या तथा विभागीय कार्यशैलीबारे तथ्य र सरोकारवालाका गुनासा समेटिएका थिए।

समाचार प्रकाशित भएपछि विकास थापाले फेसबुकमा समाचार साझा गर्दै "NEA मा टेकबहादुर (Take and Pay) को आतंक कायमै रहेको बेला अब थर्कबहादुरको आतंक" भन्ने टिप्पणी गरेका थिए। यही समाचार र सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई आधार बनाएर निर्देशक थापाले साइबर ब्यूरोमा उजुरी दिएको स्रोतले जनाएको छ।

जलसरोकारमा समाचार प्रकाशित भएपछि सम्पादक विकास थापाले आफ्नो फेसबुकमा उक्त समाचार वंग्यात्मक शैलीमा यसरी शेयर गरेका थिए

 

जलसरोकारका अनुसार यो समाचार कुनै व्यक्तिगत पूर्वाग्रहका आधारमा होइन, ऊर्जा क्षेत्रमा लामो समयदेखि उठ्दै आएका प्रश्न, प्रवर्द्धकहरूको गुनासो, उपलब्ध कागजात तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर तयार गरिएको हो। "सार्वजनिक पदमा बसेका अधिकारीहरूको कार्यसम्पादनमाथि प्रश्न उठाउनु पत्रकारिताको संवैधानिक दायित्व हो, व्यक्तिगत प्रतिशोध होइन," जलसरोकारको भनाइ छ।

यस घटनाले फेरि एकपटक नेपालमा सार्वजनिक निकायका अधिकारीहरूको आलोचना गर्ने समाचारहरूलाई साइबर कानुनमार्फत दबाबमा पार्ने प्रयास भइरहेको हो कि? भन्ने प्रश्न उठाएको छ। पछिल्ला वर्षहरूमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध साइबर कानुनको प्रयोग बढेको भन्दै प्रेस स्वतन्त्रताका पक्षधर संस्थाहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन्।

 

https://jalasarokar.com/news/how-long-will-the-neas-thugs-keep-harassing-the-promoters-5824

 

जलसरोकारले विद्युत् व्यापार विभागबाट प्रताडित निजी क्षेत्रका विद्युत् उद्यमीहरुबारे यसरी समाचार प्रकाशित गरेको थियो ।

 

 

 

प्रकाशित मिति : सोमबार, असार १५, २०८३ | १९:५८:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया