अविरल वर्षाले देशभर ११ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
जलसरोकार
काठमाडौं ः शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध राजमार्गमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी लोकमार्ग, रसुवाको पासाङ–ल्हामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको जोमसोम–लोमान्थाङ सडक, रोल्पाको सहिद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीको महाकाली राजमार्ग रहेका छन् ।
त्यसैगरी, काठमाडौंको टोखा–नुवाकोट सडकखण्ड, बागलुङ नगरपालिकाको कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता