अविरल वर्षाले देशभरका ६ राजमार्ग पूर्ण अवरुद्ध, धेरै सडक खण्ड एकतर्फी सञ्चालनमा
जलसरोकार
काठमाडौं,: देशभर लगातार परेको अविरल वर्षाले विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप निम्त्याएको छ । त्यसको असरस्वरूप छ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कयौँ सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्गहरू कोशी राजमार्ग – सङ्खुवासभा,मेची राजमार्ग – पाँचथर, तमोर–कोरिडोर सडक, कालिगण्डकी करिडोर – नवलपरासी पूर्व, सहिद राजमार्ग – रोल्पा, जाजरकोट–डोल्पा भेरी करिडोर – रुकुम पश्चिम रहेका छन् ।
यसका साथै, केही सडक खण्डहरूमा सवारी आवागमन एकतर्फी मात्र भइरहेको प्रहरीको भनाइ छ । ती सडक खण्डहरूमा जोखिम कायम नै रहेको जनाइएको छ ।
टोखा–नुवाकोट सडक खण्ड – काठमाडौं, कालिगण्डकी करिडोर – बाग्लुङ नगरपालिका, मध्यपहाडी लोकमार्ग – गलकोट, बाग्लुङ, कालिगण्डकी करिडोर – नवलपरासी पूर्व, सहिद राजमार्ग – परिवर्तन गाउँपालिका, रोल्पा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो हटाउने प्रयास भइरहेको भए तापनि निरन्तर पानी परिरहेको कारण काममा कठिनाइ भइरहेको छ। यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्राबाट जोगिन आग्रह गरिएको छ ।
यातायात व्यवस्था पुनः सामान्य पार्न सडक विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय निकायको समन्वयमा उद्धार तथा मर्मत कार्य तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?