काठमाडौं– महोत्तरीको बर्दिवासमा रहेको खानेपानी संस्थानमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन ।
बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा अध्यक्ष भुलन सेनवाट अनियमितता भएको आरोपसहित उपभोक्ताहरुवाट निर्वाचित सचिव र कोषाध्यक्षले मंगलवार इलाका प्रशासन कार्यालय बर्दिवासमा उजुरी दिएका हुन ।
स्वार्थसिद्धको लागि विधानविपरित काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पुर्याएको जिकिर गर्दै कोषाध्यक्ष भोजप्रसाद फुयाल र सचिव उदय भण्डारीले छुट्टाछुट्टै उजुरी दर्ता गराएको इलाका प्रशासन कार्यालयले जनाएको छ । कोषाध्यक्ष फुयालको हस्ताक्षर हटाएर ३ महिनादेखी उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनिहरुले बताएका छन । आन्तरिकरुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई सच्याउन विशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुयालले दावी गरे । यो विषयलाई पुष्टि गर्नेगरी सामाजिक संजालमा साधारणसभा गरिएको माइन्युट र निर्णयहरु समेत सार्वजनिक भएका छन ।
अहिले नगर क्षेत्रमा यो विषय नै पेचिलो बन्दै गएको छ । एकै परिवारको ७ जनासम्म उपस्थित गराएर विशेष साधारणसभावाट अध्यक्ष अनुकुल हुनेगरी विधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ । सभाको नाममा हस्ताक्षर किर्ते गरी संस्थानलाई कमाई खाने ठाँउ वनाएको र खानेपानी जस्तो संवेदशील विषयमा अध्यक्ष सेनले कुठाराघात गरिरहेको कोषाध्यक्ष फुयालले बताए । ३ महिनादेखि आफ्नो हस्ताक्षरविना खानेपानीमा जम्मा भएको जनताको पैसामा रमाइलो गरेको प्रमाण समेत सुरक्षित रहेको बताउँदै यो अवधिमा भएको सम्पूर्ण कारोवार पनि अवैध भएको उनको भनाइ छ ।
सचिव उदय भण्डारीले पनि संस्थानको मनोमानिप्रती आपत्ति जनाएका छन । अध्यक्ष सेनले बहुमतको वलमा आफुलाई थाहा नदिई बैठक राख्ने र अनुचित निर्णय गर्ने गरेको सचिव भण्डारीले बताए ।
बहुसंख्यक मानिसहरुको आशाको धरोहर रहेको खानेपानी संस्थानमा निर्वाचित पदाधिकारीहरुवाट नै बेथितिहरु सार्वजनिक भएपछि नगर क्षेत्रका उपभोक्ताहरुले चासो र चिन्ताको व्यक्त गरेका छन । नगर क्षेत्रका कंयौ स्थानीयहरुले सामाजिक संजालवाट नै खवरदारी गर्न सुरु गरेका छन ।स्थानीय रिमनाथ अधिकारीले फेसवुकमा लेख्छन ‘हिजोको दिनमा गलत तवरले चलेको छ भन्ने सुन्नमा मात्र आएको थियो तर आज प्रमाणित भएको छ । जनता जनार्दन हुन, जनताको मतको दुरुपयोग गर्ने जोकोही सजायको भागिदार हुन्छन । सार्वजनिक सम्पतीमाथी जथाभावी गर्नेहरुले तुरुन्तै राजीनामा दिनु पर्छ ।’
कोषाध्यक्ष र सचिवको अध्यक्षसँगको दुरी प्रतिस्पर्धा विना आफ्नै नाता पर्ने महिला कर्मचारी राखेको भन्दै बढेको थियो ।‘ुकर्मचारी राख्न प्रतिस्पर्धा गराउनुपर्ने ठाँउमा गुपचुप नातेदार भर्ना गरेको बिषयमा विवाद भयो त्यहि कारण हामीलाई हटाएका हुन ।’ सचिव भण्डारीले भने ।
मैले गलत गरेको छैन : अध्यक्ष सेन
अध्यक्ष भुलन सेनले भने खानेपानी संस्थानमाथी लागेका आरोपहरु निराधार भएको बताएका छन । जनताको भावना र आवश्यकताअनुरुप काम गरेको बताउँदै त्यसभन्दा बाहिर कुनै गलत नगरेको अध्यक्ष सेनको भनाइ छ । अफवाह फैलाउनेगरी केही व्यक्तिहरु लागेको बताउँदै त्यसको पछाडि नलाग्न अध्यक्ष सेनले आग्रह गरे ।
‘म कतै गलत छैन कार्यालयमा नै आएर बुझ्दा हुन्छ ' उनले भने 'अब अरुले के गर्छन त्यो मलाई मतलब छैन तर जिम्मेवारीमा प्रतिवद्ध छु ।’
दीर्घकालिन खानेपानी योजना अगाडि बढाएर बढिरहेको र आम उपभोक्ताहरुलाई प्रतिवद्धता जनाएअनुसार नै काम गरिरहेको अध्यक्ष सेनको भनाइ छ ।
ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान
भ्रममा नपरी देश विकासमा जुट्न ऊर्जा मन्त्री खड्काको आग्रह
न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुइँकेल चयन
ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन :अध्यक्ष ढकाल