तराई–मधेसको खानेपानी समस्या समाधानका लागि समिति गठन
जलसरोकार
काठमाडौँ: तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले दुई छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अनुगमन सुरु गरेको छ ।
विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा दुई समिति गठन गरिएको हो । “समस्या समाधानका लागि समिति गठन गरी आजै अनुगमनमा पठाएका छौं,” महानिर्देशक श्रेष्ठले भने,“दश दिनभित्र समितिले प्रतिवेदन बुझाउनेछ ।”
आचार्यको संयोजकत्वमा गठित समितिमा सिनियर डिभिजन इञ्जिनियर मिहिरचन्द्र आचार्य, जनकपुर खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इञ्जिनियर किरण विष्ट र केन्द्रीय आयोजना इकाईका ई. सुधिरकुमार साह सदस्य तथा सदस्यसचिव छन् ।
त्यस्तै, उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा रहेको अर्काे समितिमा वीरगञ्ज कार्यालयका प्रमुख विपुलकुमार लाल दास, इञ्जिनियर प्रदीपकुमार साह सदस्य तथा सिनियर डिभिजन इञ्जिनियर चन्द्रकुमार श्रेष्ठ सदस्यसचिव रहेका छन् ।
दुबै समितिलाई सम्बन्धित जिल्लामा स्थलगत अध्ययन, अनुगमन र विश्लेषण गरी समस्या समाधानका लागि आवश्यक सुझावसहितको प्रतिवेदन विभागमा बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स