देशभर साधारण बदली, पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
मनसुनको सक्रियता नेपालतिर भन्दा भारततिर बढी केन्द्रित
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टाभित्र देशभर मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी प्रदेशसहितका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस अवधिमा पहाडी क्षेत्रमा केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले उल्लेख गरेको छ।
मौसमी विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ। यो भनेको अहिले मनसुनको सक्रियता नेपालतिर भन्दा भारततिर बढी केन्द्रित छ, त्यसैले नेपालमा वर्षा सीमित/मध्यम मात्र हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा