देशभर बदली, कोशी-गण्डकी-लुम्बिनीमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान अनुसार आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहनेछ। बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसैबीच, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली मात्र हुने जनाइएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको र ती प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख छ।
मौसम विश्लेषण अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता