देशभर बदली, कतिपय स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : मंगलबार दिनभर देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी भू-भागका धेरै स्थानमा र मधेश प्रदेशसहित बाँकी तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
आज राति देशभर पूर्णतया बदली रहनेछ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा र बाँकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश, कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमी विश्लेषणअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर सरेर नेपालको तराई नजिक अवस्थित छ, जसका कारण देशका धेरै भागमा वर्षा गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड