देशभर बदली, कतिपय स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : मंगलबार दिनभर देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी भू-भागका धेरै स्थानमा र मधेश प्रदेशसहित बाँकी तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
आज राति देशभर पूर्णतया बदली रहनेछ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा र बाँकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश, कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमी विश्लेषणअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर सरेर नेपालको तराई नजिक अवस्थित छ, जसका कारण देशका धेरै भागमा वर्षा गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता