उच्च पहाडी र हिमाली भू–भागमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं: देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा भने हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको छ । महाशाखाले हुस्सु–कुहिरो तथा उच्च पहाडी क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता