उच्च पहाडी र हिमाली भू–भागमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं: देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा भने हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको छ । महाशाखाले हुस्सु–कुहिरो तथा उच्च पहाडी क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामै भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
-
सेयर बजारका सबै सूचक हरियाली, नेप्से २८.७३ अंकले बढेर २६३९ मा
-
हिउँदे आगन्तुक जलपक्षी गणना हुने
-
दुई दिनमै काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्यो
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड १ लाख सहयोग
-
सुनको भाउ तोलामा ४ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो