आज देशभर बदली, पहाडी र तराईका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली रहने जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही भागमा मध्यम वर्षा हुने र कोशी, मधेस, लुम्बिनी तथा गण्डकीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा जलमग्नता जस्ता जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता