देशभर बदली, वर्षाको सम्भावना : कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान
जलसरोकार
काठमाडौं: देशभर आजको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर सरकिएकाले मौसममा उतारचढाव देखिएको छ ।
यसको प्रभावस्वरूप मंगलबार दिउँसोदेखि रातिसम्म विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । भारी वर्षा हुँदा पहिरो, बाढी तथा नदी–नाला थोरै समयमै बढ्ने खतरा हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
बिभागका अनुसार पछिल्ला दिनहरूमा अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिन थालेपछि मनसुन सक्रियता बढ्ने संकेत देखिएको छ । विशेषगरी हिमाली र पहाडी भूभागमा भारी वर्षा हुने सम्भावना रहेकाले यातायात, कृषि तथा दैनिकीमा असर पर्न सक्ने बताइएको छ ।
साथै, राति र बिहानका समयमा पूर्वी तराईका केही स्थानमा हल्का हावाहुरी समेत चल्न सक्ने विभागले चेतावनी दिएको छ ।
मौसमविद्हरूका अनुसार अहिले देखिएको मनसुन सक्रियता केही दिन निरन्तर रहने अनुमान छ । विभागले नदीनाला आसपास बसोबास गर्ने, डाँडा–पाखामा यात्रा गर्ने तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा