देशभर आकाशमा बादलको प्रभाव व्यापक हुने, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने (आकाशमा बादलको प्रभाव व्यापक हुने) मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही लुम्बिनी प्रदेशसहित पहाडी भू-भागका केही स्थान र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी र मधेश प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसम विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा