देशभर बदली, उच्च पहाड र हिमाली भू–भागमा भारी हिमपात र वर्षा हुने
जलसरोकार
काठमाडौं: पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसम साधारणतया बदली रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी आजको मौसम बुलेटिनका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने अनुमान गरिएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने भारी हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली र तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकीका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले विशेष गरी हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दालाई चिसो र हिमपातका कारण सर्तकता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
७५ करोड बक्यौताधारी गोल्यानको उद्योग रिलायन्सले पाएन अन्तरिम आदेश
-
नेपालमा जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्नुहोस्, हरित भविष्यको हिस्सा बन्नुहोस् : मन्त्री घिसिङ
-
मनाङ र मुस्ताङमा भारी वर्षा
-
सेयर बजार ६२.२९ अंकले बढ्यो, रातो देखिएको १० मिनेटपछि हरियो
-
सगरमाथा क्षेत्रमा बाक्लो हिमपात
-
सडक डिभिजन काठमाडौंले ४८ ठेक्का तोड्ने प्रक्रिया अघि बढायो