देशभर बदली, उच्च पहाड र हिमाली भू–भागमा भारी हिमपात र वर्षा हुने
जलसरोकार
काठमाडौं: पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसम साधारणतया बदली रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी आजको मौसम बुलेटिनका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने अनुमान गरिएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने भारी हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली र तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकीका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले विशेष गरी हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दालाई चिसो र हिमपातका कारण सर्तकता अपनाउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा