देशभर बदली, कर्णाली–सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा हावाहुरी चल्ने पूर्वानुमानसमेत गरिएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (ल्भबच ल्यचmब िएयकष्तष्यल) मा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा प्रवेश गरेको मौसमविद्हरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा