जलवायु परिवर्तनको जोखिम बढ्दो, पूर्वसूचना प्रणाली सुदृढ गर्न जोड
जलसरोकार
काठमाडौँ, : जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको सरोकारवालाले औँल्याएका छन्।
विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास अपरिहार्य रहेको बताए ।
“वैज्ञानिक तथ्याङ्कलाई समयमै पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य विपद्बाट नागरिकको ज्यान जोगाउन सकिन्छ,” उनले भने, ।
कार्यक्रममा जल तथा मौसम विज्ञान विभाग का वरिष्ठ मौसमविद् राजु धर प्रधानाङ्ग र वरिष्ठ जलविद् राम विकेशले संयुक्त कार्यपत्र प्रस्तुत गर्दै मौसम अवलोकनदेखि पूर्वानुमान र सेवासम्मको प्रणाली क्रमशः सुदृढ हुँदै गएको जानकारी दिए ।
उनीहरूका अनुसार देशभरका स्वचालित तथा म्यानुअल मौसम स्टेशन, राडार, उपग्रह र रेडियोसन्डे प्रणालीमार्फत वास्तविक समयमै तथ्याङ्क सङ्कलन भइरहेको छ। सोही तथ्याङ्कको विश्लेषणबाट पूर्वानुमान तयार पारिँदै आएको छ, जसले कृषि, उड्डयन, स्वास्थ्य, यातायात र विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याइरहेको छ।
हाल १२ घण्टा, २४ घण्टा, तीन दिन र साप्ताहिक मौसम पूर्वानुमान सेवा सञ्चालनमा छन्। साथै उड्डयन, पर्वतारोहण र कृषि क्षेत्रका लागि विशेष सेवा तथा चेतावनी प्रणालीसमेत लागू गरिएको छ।
सन् २०२१ देखि सुरु गरिएको प्रभावमा आधारित पूर्वानुमान प्रणालीले विशेषगरी मनसुनका बेला जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहलाई थप प्रभावकारी बनाएको विभागले जनाएको छ।
कार्यक्रममा बहुपक्षीय सहकार्यको आवश्यकता औँल्याउँदै सरकार, प्राविधिक निकाय र सरोकारवालाबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइयो। आगामी दिनमा पाँचदेखि सात दिनसम्मको विस्तारित पूर्वानुमान, कृत्रिम बुद्धिमत्तामा आधारित विश्लेषण र मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको पनि जानकारी दिइएको छ।
विज्ञहरूले बाढीसम्बन्धी पूर्वसूचनाबाट जोखिम घट्न थाले पनि यस क्षेत्रमा थप लगानी र प्रविधि विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको जोखिम बढ्दो, पूर्वसूचना प्रणाली सुदृढ गर्न जोड
-
अन्तिम समयमा सुधारिँदा नेप्से सामान्य बढ्यो, कारोबार घट्यो
-
कोरलानाका सञ्चालनमा आएपछि मुस्ताङ भन्सारको राजस्व उकालो, पौने ६ अर्ब संकलन
-
सुनको मूल्यमा निरन्तर भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
स्नो रिभर्सको आईपीओ खुला, स्थानीय र वैदेशिक नेपालीलाई अवसर
-
आज विश्व जल तथा मौसम दिवस मनाइँदै