सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर आज मौसम मुख्यतः सफा, कोशी–गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली

जलसरोकार
सोमबार, मंसिर ०१, २०८२ | ०८:४२:२२ बजे

काठमाडौँ  : सोमबार बिहान ८ बजे जारी गरिएको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार देशभर आज मौसम सामान्यतया स्थिर रहने संकेत देखिएको छ।

मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राति देशभर मौसम सफैँ रहने विभागले जनाएको छ।

मौसमीय विश्लेषणमा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र स्थिर मौसम अवस्था कायम रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : सोमबार, मंसिर ०१, २०८२ | ०८:४२:२२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया