अपराह्नदेखि आज उपत्यकासहित पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ ।
कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ ।
मौसमविद हरिप्रसाद दाहालले मंगलबार (आज) अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार आजको तुलनामा भोलि बुधबार अलि बढी पानी पर्ने सम्भावना छ । ‘पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘मंगलबार छिटफुट खालको र बुधबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।’
उनका अनुसार वर्षाको सम्भावना विहीबारसम्मै छ । यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।
आज अपराह्न काठमाडौंमा पनि हल्का वर्षाको स्म्भावना छ । लुम्बिनी प्रदेशदेखि पश्चिमका भूभागमा भने एक–दुई स्थानमा मात्रै वर्षाको सम्भावना रहेको मौसमविद दाहालले बताए ।
लामो समयदेखि वर्षा नभएका कारण देशका धेरै स्थानहरूमा सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढेको छ । पानी पर्दा हावामा भएका धुलो र धुवाँका कणहरु पखालिने भएकाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने मौसमविद हरिप्रसाद दाहालले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा