देशका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने र केही क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कोशी प्रदेश को तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेश का हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागले वर्षा, चट्याङ र हिमपातका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा भ्याट लागू, तर कार्यान्वयनमै अन्योल : प्राधिकरणले राजस्व विभागसँग माग्यो दुई विषयमा स्पष्टता
-
झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म