कोशी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना
जलसरोकार
काठमाडौँ : हाल सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भूभागमा पनि पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बाँकी प्रदेशहरूमा भने मनसुनी वायू र स्थानीय वायूको कमजोर प्रभाव मात्र रहेको छ ।
बुधबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतः मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली
-
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
-
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
-
तिला जलविद्युत्काे बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने