कोशी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना
जलसरोकार
काठमाडौँ : हाल सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भूभागमा पनि पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बाँकी प्रदेशहरूमा भने मनसुनी वायू र स्थानीय वायूको कमजोर प्रभाव मात्र रहेको छ ।
बुधबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतः मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा