देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आइतबारका लागि जारी गरेको मौसमसम्बन्धी चेतावनी नक्साअनुसार देशका विभिन्न भागमा वर्षाको सम्भावना देखिएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।
विभागले आज (फागुन १७ गते) जारी गरेको ‘डे-२ वार्निङ म्याप’ अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको संकेत देखिएको छ। केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका केही भू-भागमा हल्का वर्षाको सम्भावना रहेको नक्सामा उल्लेख छ। त्यस्तै, पूर्वी पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र उच्च स्थानमा हिमपात हुन सक्ने संकेत देखाइएको छ।
विभागले हाल कुनै गम्भीर चेतावनी (रेड वा अरेन्ज अलर्ट) जारी नगरेको जनाउँदै अधिकांश क्षेत्र ‘नो वार्निङ’ अवस्थामै रहेको जनाएको छ। तथापि, वर्षा र हिमपात हुने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
उच्च हिमाली भेगमा हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
विभागका अनुसार यो चेतावनी आगामी २४ घण्टासम्मका लागि लागू हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता