देशका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भूभागमा बदली, वर्षा र हिमपातको अवस्था देखिएको छ।
हाल कोशी, मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य प्रदेशका यस्ता भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई क्षेत्रमा पनि आंशिक वर्षाको सम्भावना देखिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। यद्यपि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य स्थानका एक–दुई क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा आएको यो परिवर्तनले दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता