देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही जिल्लामा सतर्कता अपनाउन आग्रह
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबारका लागि जारी गरेको मौसम विश्लेषणअनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ। साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको विभागले उल्लेख गरेको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा तराईका धेरै स्थानमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार (जेठ २५ गते) का लागि जारी गरिएको ‘डे-२ वार्निङ म्याप’ अनुसार देशका अधिकांश भूभाग हरियो क्षेत्रमा रहे पनि लुम्बिनी प्रदेशका केही जिल्ला र मधेश प्रदेशका दक्षिणी भूभागमा पहेंलो तथा सुन्तला रंगको चेतावनी जारी गरिएको छ। यसले ती क्षेत्रमा गर्मी तथा मौसमजन्य जोखिमप्रति सचेत रहनुपर्ने संकेत गरेको महाशाखाले जनाएको छ।
महाशाखाले विशेषगरी पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा खुला स्थानमा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता