तराईमा हुस्सु र कुहिरोको सम्भावना, पहाड-हिमालमा मौसम सफा
जलसरोकार
काठमाडौं : देशभर आगामी २४ घण्टासम्म पश्चिमी वायूको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका तराई भू–भागमा हुस्सु लाग्नेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्नसम्म तथा बाँकी तराई क्षेत्रमा दिनभर कुहिरो लाग्ने सम्भावना रहेको छ । यसका कारण हवाई तथा स्थल यातायातमा आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।
पहाडी तथा हिमाली भू–भागमा भने आज दिउँसो मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज राति पनि तराई भू–भागमा हुस्सु लागिरहने सम्भावना छ भने पहाडी र हिमाली भू–भागमा मौसम सफा नै रहनेछ ।
मौसमविद्हरूले तराई क्षेत्रमा बिहान र रातिको समयमा चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा कुहिरोका कारण सवारी साधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता