तराईमा हुस्सु र कुहिरोको सम्भावना, पहाड-हिमालमा मौसम सफा
जलसरोकार
काठमाडौं : देशभर आगामी २४ घण्टासम्म पश्चिमी वायूको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका तराई भू–भागमा हुस्सु लाग्नेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्नसम्म तथा बाँकी तराई क्षेत्रमा दिनभर कुहिरो लाग्ने सम्भावना रहेको छ । यसका कारण हवाई तथा स्थल यातायातमा आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।
पहाडी तथा हिमाली भू–भागमा भने आज दिउँसो मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज राति पनि तराई भू–भागमा हुस्सु लागिरहने सम्भावना छ भने पहाडी र हिमाली भू–भागमा मौसम सफा नै रहनेछ ।
मौसमविद्हरूले तराई क्षेत्रमा बिहान र रातिको समयमा चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा कुहिरोका कारण सवारी साधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच बढाउने समझदारी
-
१०० दिनमा १०१ काम : ऊर्जा, सडक र शहरमा कुलमान घिसिङको आक्रामक हस्तक्षेप
-
जेन-जी आन्दोलनको सुशासन एजेन्डा कार्यान्वयनमा, सय दिनमै १०१ प्रमुख काम सम्पन्न : मन्त्री कुलमान घिसिङ
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम आयात, राजस्वमा ६.४२ प्रतिशत वृद्धि
-
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?
-
चिलिमे हाइड्रोपावरले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने