सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार दिनपछि खुल्यो बिपी राजमार्ग

जलसरोकार
मंगलबार, असोज १३, २०८३ | १३:०८:०२ बजे

 

काठमाडौं : अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । बाढीले सडक बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाएपछि आज बिहानदेखि यातायात सञ्चालन गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन निर्माण गर्न नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ट्र्याकबाट सवारी आवागमन सुरु गरिएको छ ।

डिभिजन प्रमुख सुमन योगेशका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ ।

रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएको थियो । त्यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । ती स्थानमा सडक मर्मत तथा डाइभर्सन निर्माणको काम जारी रहेकाले छिट्टै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक खुलाउन सोमबार बिहानदेखि नै अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, असोज १३, २०८३ | १३:०८:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया