रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
जलसरोकार
काठमाडौं : अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक रूपमा बगाएपछि राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएसँगै सडकका विभिन्न खण्डमा पहिरो खसेपछि बीपी राजमार्गको यातायात प्रभावित भएको हो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार डाइभर्सन बगेर आवागमन अवरुद्ध भएपछि उक्त मार्ग हुँदै सञ्चालन हुने सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
राजमार्गअन्तर्गत चार सयबेंसी, चौकीडाँडा र गिम्तीबेंसीलगायतका खण्डमा माथिबाट पहिरो खसेपछि सडक सञ्जाल थप प्रभावित भएको कार्यालयले जनाएको छ। पहिरोका कारण सडकका विभिन्न स्थानमा यातायात सञ्चालनमा समस्या भएको छ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा यात्रा गरिरहेका सयौँ यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय भक्तपुरले अवरुद्ध सडक खुलाउन प्राविधिक टोली परिचालन गरेको छ।
डिभिजनका अधिकारीहरूका अनुसार वर्षा रोकिएमा करिब पाँच घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ। स्थायी संरचनाको मर्मत तथा अस्थायी डाइभर्सन पुनःनिर्माणका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ।
हाल विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तर वर्षा भइरहेकाले उद्धार तथा सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको छ। सम्बन्धित निकायले बीपी राजमार्ग भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध