सप्तकोशीको बहाव बढ्दा उदयपुरको बेलका क्षेत्र उच्च जोखिममा
जलसरोकार
उदयपुर: उदयपुरको बेलका क्षेत्र तीन दिनदेखि जारी अविरल वर्षाका कारण डुबान तथा कटानको उच्च जोखिममा परेको छ । सप्तकोशी नदीको सतह निरन्तर बढिरहेकाले बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी किनारका गाउँहरू डुबानको सम्भावित खतरा भोगिरहेका छन् ।
प्रहरीका अनुसार नदीको बहावसँगै कटान पनि सुरु भइसकेको छ, जसले तटीय बस्तीहरूमा थप संकट ल्याउने सम्भावना बढेको छ । कोठु, डुम्रीबोट, सिसौलीलगायत बस्तीहरूमा सप्तकोशीको पानी कोशी किनार नाघेर बग्न थालेको पुष्टि जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको छ ।
स्थिति गम्भीर हुन सक्ने आँकलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सुरक्षा टोलीले प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले कुनै पनि आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायहरू तयारी अवस्थामा राखिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पूर्ण तयारी अवस्थामा राखिएको छ ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकाय मिलेर उच्च सतर्कता अपनाइएको र थप वर्षा भएमा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने पूर्वतयारी समेत थालिएको नगरप्रमुख अशोक कार्कीले बताए ।
सप्तकोशी नदीमा पानीको बहाव अझै बढ्ने सम्भावना रहेकाले बेलका आसपासका बासिन्दालाई जोखिम क्षेत्रबाट टाढा रहन र सुरक्षाको लागि प्रशासनको सूचनामा ध्यान दिन प्रशासनले पुनः आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा