उपत्यकामा पानी नियमित आपूर्तिका लागि रिबर्मा खोलाबाट थप आठ करोड लिटर ल्याएर वितरण
जलसरोकार
काठमाडौँ: मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो ।
काठमाडौँमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली उक्त क्षेत्रमा ट्याङ्कीको सफल परीक्षण गरेका थिए ।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिए ।
उनले भने, “काठमाडौँमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार सफल परीक्षण गरिएको थियो । सोही राति त्यहाँबाट पानी पथान्तरण गरेर काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिँदै छ ।”
मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।
“गतवर्ष पनि यहाँ बर्खामा कति फोहोर हुने रहेछ भनेर पहिलादेखि अध्ययन गरेका थियौँ”, उनले भने, “अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएको छैन, हिजो सोमबार पानी पथान्तरण गरी काठमाडौँ पानी पुगेको छ ।”
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी र बागमतीबाट पनि ५ देखि ७ करोड लिटर पानी गरी कम्तीमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
रिबर्मा खोलाबाट ल्याइएको पानी काठमाडौँमा निर्माण भएका विभिन्न खानेपानी ट्याङ्कीमार्फत वितरण गर्दै उपत्यकावासीको दैनिक जीवनलाई सहज बनाउनका लागि यो आपूर्ति नियमित बनाइने तयारी समेत गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति
-
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदार आन्दोलन, काम ठप्प
-
महाकाली सिँचाइ आयोजना : नहर निर्माण पूरा, पानी प्रवाह अझै अन्योलमा