खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी
जलसरोकार
बागलुङ– बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ । १९ किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा घटेको छ । त्यस्तै भुँदीखोलाबाट ल्याएको पानीको मात्रा पनि घटेको छ । मात्रा घटेपछि बजारबासीलाई पानीको अभाव भएको छ ।
विकल्पको रुपमा निर्माण भइरहेको कैलामपोखरी लिफ्ट आयोजनाले अझै पूर्णता पाउन सकेको छैन् । पानी सुक्दै गएकाले वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ । उक्त विकल्पअनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट चार इन्चको पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम भइरहेको छ ।
यो पानी आजदेखि उपभोक्तालाई वितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए । पानी अभाव हुन थालेपछि समस्या भएको छ । तित्याङको रिठेखोलाबाट आएको पानीसमेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा पाइप विच्छ््याएर रात्माटा पु¥याएको छ । आजदेखि पानी वितरणमा केही सहज हुने अध्यक्ष रानमगरको भनाइ छ ।
पानी अभाव भएपछि बजारबासी गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउन थालेका छन् । बागलुङ बजारमा पानी सहजरुपमा वितरण गर्न सकिएको छैन । ठेकेदार कम्पनीले योजना हस्तान्तरण गर्न सकेको छैन । ‘हाल अस्थायी रुपमा पानी खुवाउन प्रयास गरिएको हो’, उनले भने । काठेखोलाबाट पानी सङ्कलन गरी हाल निर्माण भएका ट्याङ्कीबाट बजारमा वितरण गर्ने योजना छ ।
विसं २०३२ मा पहिलो पटक बागलुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाअन्तर्गत १३ सार्वजनिक धारा बनेका थिए । तत्कालीन राजा वीरेन्द्र शाहले उक्त आयोजनाको उद्घाटन गर्नुभएको थियो । बागलुङ बजारमा अहिले चार हजारबढी धारा निर्माण गरिएका छन् । तर अधिकांस धारामा खडेरीको समयमा पानी आउँदैैन । उपभोक्ता समितिको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण भएको छैन ।
पाइपमा समस्या आएपछि लिफ्टमार्फत पानी आपूर्ति हुन सकेको थिएन । ‘पाइपमा समस्या आएपछि खानेपानी वितरण गर्न ढिला भएको होे, संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने । गत वर्षातमा फाइप फुटेर थप समस्या भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना