खानेपानी आयोजनामा देखिएका चुनौती समाधानका लागि सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्छ : मन्त्री यादव
जलसरोकार
भक्तपुर: खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजना सञ्चालनमा देखिएका चुनौती समाधानका लागि सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
नगरकोटमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा बैठक तथा मन्त्रालयस्तरीय विकास–समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले बजेटको समयमै प्रयोग, महसुल संकलनको व्यवस्थापन र विभागीय समन्वयलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
उनले तराई–मधेशका विभिन्न स्थानमा निर्माण भएका ओभरहेड ट्याङ्की वितरण प्रणालीको अभावमा सञ्चालनमा आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता आयोजना छिट्टै सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई रणनीतिक तथा प्राविधिक पहल गर्न आग्रह गरे ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण पहाडी, हिमाली तथा तराई–मधेशका क्षेत्रमा खानेपानीका मुहान सुक्ने समस्या बढ्दो क्रममा रहेको भन्दै मुहान संरक्षण र रिचार्ज कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स