खानेपानी आयोजनामा देखिएका चुनौती समाधानका लागि सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्छ : मन्त्री यादव
जलसरोकार
भक्तपुर: खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजना सञ्चालनमा देखिएका चुनौती समाधानका लागि सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
नगरकोटमा शुक्रबार आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा बैठक तथा मन्त्रालयस्तरीय विकास–समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले बजेटको समयमै प्रयोग, महसुल संकलनको व्यवस्थापन र विभागीय समन्वयलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
उनले तराई–मधेशका विभिन्न स्थानमा निर्माण भएका ओभरहेड ट्याङ्की वितरण प्रणालीको अभावमा सञ्चालनमा आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता आयोजना छिट्टै सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई रणनीतिक तथा प्राविधिक पहल गर्न आग्रह गरे ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण पहाडी, हिमाली तथा तराई–मधेशका क्षेत्रमा खानेपानीका मुहान सुक्ने समस्या बढ्दो क्रममा रहेको भन्दै मुहान संरक्षण र रिचार्ज कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी