मुलुकभर भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित भएकाले आज मुलुकभर सामान्यतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम बढ्ने, ठूला तथा साना नदीनाला तथा खोलामा पानीको सतह उच्च हुने र यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ। यसै सन्दर्भमा सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा