काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
जलसरोकार
काठमाडौँ : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै ‘सबैका लागि अस्वस्थ’ तहमा पुगेको छ। सोमबार १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज १९१ पुगेपछि उपत्यकाको हावा गुणस्तर झन् खस्किएको हो ।
‘एयर क्वालिटी इन्डेक्स’ अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । दिल्ली २२९ एक्युआईसहित पहिलो र लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।
वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नभए प्रदूषण अझै बढ्न सक्नेछ । सवारीसाधनको धुवाँ, निर्माणकार्यको धुलो, वन डढेलो र लामो सुक्खा मौसमले प्रदूषण उच्च बनाएको वातावरणविद्हरूले बताएका छन् ।
एक्युआई १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० माथि पुगे ‘अत्यन्त खतरनाक’ मानिन्छ । सरकारले ३०० भन्दा माथिको अवस्थालाई विपद् मानेर फोहोर बाल्न रोक, सडक सफाइ र संवेदनशील समूहलाई सतर्कता अपनाउन आग्रह गर्ने व्यवस्था गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता