काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
जलसरोकार
काठमाडौं : पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ ।
काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । यद्यपि आज काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ ।
आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।
पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।
आज तेस्रो स्थानमा इराकको बगदाद रहेको छ भने चौथो नम्बरमा भियतनामको हानाइ, पाँचौ नम्बरमा पाकिस्तानको लाहोर, छैटौं नम्बरमा थाइल्याण्डको चियाङ मइ, सातौं नम्बरमा इजरायलको तेल अववि गाफो, आठौं नम्बरमा भारतको मुम्बइ, नवौं नम्बरमा चीनको वुहान र १० नम्बरमा म्यानमारको याङगुन रहेको छ ।
पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरहरुमा हावा प्रदूषण बढेको छ । यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्न् धुलो आदि भएको वातावरण विभागले जनाएको छ ।
प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयागे गर्न र सडक तथा निर्माण कार्यहरुबाट हुने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा