काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । यद्यपि आज काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ ।
आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।
पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।
आज तेस्रो स्थानमा इराकको बगदाद रहेको छ भने चौथो नम्बरमा भियतनामको हानाइ, पाँचौ नम्बरमा पाकिस्तानको लाहोर, छैटौं नम्बरमा थाइल्याण्डको चियाङ मइ, सातौं नम्बरमा इजरायलको तेल अववि गाफो, आठौं नम्बरमा भारतको मुम्बइ, नवौं नम्बरमा चीनको वुहान र १० नम्बरमा म्यानमारको याङगुन रहेको छ ।
पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरहरुमा हावा प्रदूषण बढेको छ । यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्न् धुलो आदि भएको वातावरण विभागले जनाएको छ ।
प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयागे गर्न र सडक तथा निर्माण कार्यहरुबाट हुने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्ने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
एक सातामै सुन तोलामा ५४ सय रुपैयाँ बढ्यो
नेपाल– बङ्गलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुने
२८,५०० मेगावाट उत्पादनको बाटोमा हिंडिसकेपछि 'टेक एण्ड पे' ल्याउनु गम्भीर त्रुटी : ऊर्जामन्त्री खड्का
‘टेक एण्ड पे’ विद्युत् खरिदबारे अर्थसँग समन्वय गरी आवश्यक निर्णय लिइने : ऊर्जा मन्त्री