काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई
जलसरोकार
काठमाडौँ : काठमाडौं उपत्यकामा वायु प्रदूषण पुनः बढ्दै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ। केही दिनअघि वर्षासँगै सुधार देखिएको वायु गुणस्तर फेरि अचानक खस्किएको हो।
वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अनुसार मंगलबार दिउँसो करिब ९२ रहेको सूचक आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। यस स्तरले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने विज्ञहरूले बताएका छन्।
एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदी का अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका कारण प्रदूषण बढेको हो। “वर्षा नभएकाले धुलो र धुवाँ वायुमण्डलमै थुप्रिएको छ,” उनले बताए।
त्यस्तै जल तथा मौसम विज्ञान विभाग का मौसमविद् बिनु महर्जन ले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षा नहुने र तापक्रम अझै बढ्ने संकेत रहेको जानकारी दिए। यसले प्रदूषण अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीहरू बढी जोखिममा रहने भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता