खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव


काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा बुधबार काठमाडौंमा आयोजित ‘प्रथम नेपाल जलभूगर्भ सम्मेलन’ उद्घाटन गर्दै उनले भूमिगत सिँचाइको दिगो प्रयोगका लागि अध्ययन, अनुसन्धान र वैज्ञानिक तथ्यमा आधारित योजना बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री यादवले राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौती समाधानतर्फ ध्यान दिनुपर्ने बताए । “हामी प्रायः नदीनाला र तालतलैयाको चर्चा गर्छौं, तर हाम्रो समृद्धिको ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जलमा छ,” उनले भने ।
उनका अनुसार जलवायु परिवर्तन र तीव्र जनसङ्ख्या वृद्धिका कारण सतहका जलस्रोतमा चाप बढ्दै गएपछि भूमिगत जलस्रोतको दोहन तीव्र भएको छ, जसले दीर्घकालीन चुनौती उत्पन्न गर्न सक्ने भएकाले सबै सचेत हुनुपर्नेछ ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले तराईमा चापाकल सुकेका कारण स्थानीयवासी खानेपानी समस्याबाट पीडित भएको बताए। उनले तत्काल राहतसँगै दीर्घकालीन समाधानका लागि योजनाबद्ध काम भइरहेको जानकारी दिए ।
त्यस्तै, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भूमिगत जलस्रोत संरक्षण र दिगो व्यवस्थापनका लागि वैज्ञानिक अनुसन्धानमा आधारित योजना अपरिहार्य भएको बताए ।
सम्मेलनमा नेपाल तथा विदेशका विज्ञ, सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालय, गैरसरकारी संस्था र सरोकार भएका निकायका करिब १५० भू–वैज्ञानिक, जल विज्ञ, इञ्जिनियर तथा वातावरण विज्ञहरूको सहभागिता थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
-
बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह