पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच
जलसरोकार
काठमाडौँ: पनौती नगरपालिका–२ कुशादेवी र रोशी गाउँपालिका–११ भिमखोरीमा दुई खानेपानी आयोजना सम्पन्न भएको छ । बोलखे गाउँको ६० परिवार र भिमखोरीका ६३ परिवारले प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा सुरक्षित खानेपानी पाएका छन् ।
बोलखे गाउँको आयोजना स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा सम्पन्न भएको हो। रु ३ लाख ४२ हजार लागतमा निर्माण भएको यस योजनामा ४० हजार श्रमदान, एक इन्टेक, ४०० मिटर पाइपलाइन, क्लोरिनेशन प्रणाली, ‘एन्फो’ पानी परीक्षण किट र सरसफाइ अभिमुखीकरण कार्यक्रम समावेश गरिएको छ । सुरक्षित खानेपानीयुक्त समुदायको मान्यता पनि प्राप्त भएको छ ।
त्यस्तै, भिमखोरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३७२ लाभान्वित भएको छ। रु ९० लाख २३ हजार ९ सय २१ लागतमा सम्पन्न यस परियोजनाले ५,६५० मिटर टाढाबाट पानी ल्याएर घरघरमा वितरण गरेको छ । बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयले आर्थिक सहयोग गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
-
पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच
-
मन्त्री घिसिङद्वारा कान्ति राजमार्गको स्थलगत निरीक्षण
-
सुनको मूल्य फेरि वृद्धि, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बेतन–कर्णाली ४३९ मेगावाट जलविद्युत् परियोजनामा लगानी स्वीकृत, तल्लो अरुण र अरुण–३ सम्बन्धी बोर्डकाे महत्वपूर्ण निर्णय
-
आज देशभरको मौसम सफा रहने