पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच
जलसरोकार
काठमाडौँ: पनौती नगरपालिका–२ कुशादेवी र रोशी गाउँपालिका–११ भिमखोरीमा दुई खानेपानी आयोजना सम्पन्न भएको छ । बोलखे गाउँको ६० परिवार र भिमखोरीका ६३ परिवारले प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा सुरक्षित खानेपानी पाएका छन् ।
बोलखे गाउँको आयोजना स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा सम्पन्न भएको हो। रु ३ लाख ४२ हजार लागतमा निर्माण भएको यस योजनामा ४० हजार श्रमदान, एक इन्टेक, ४०० मिटर पाइपलाइन, क्लोरिनेशन प्रणाली, ‘एन्फो’ पानी परीक्षण किट र सरसफाइ अभिमुखीकरण कार्यक्रम समावेश गरिएको छ । सुरक्षित खानेपानीयुक्त समुदायको मान्यता पनि प्राप्त भएको छ ।
त्यस्तै, भिमखोरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३७२ लाभान्वित भएको छ। रु ९० लाख २३ हजार ९ सय २१ लागतमा सम्पन्न यस परियोजनाले ५,६५० मिटर टाढाबाट पानी ल्याएर घरघरमा वितरण गरेको छ । बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयले आर्थिक सहयोग गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै