बाह्र वर्षीय बालकले बनाए विद्युतीय स्कुटर
जलसरोकार
तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कुटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामै विद्युतीय स्कुटर बनाएर सफल परीक्षण गरेका हुन् ।
महँगो इन्धनको विकल्पमा विद्युतीय स्कुटर बनाउने इच्छा जागेकाले सात दिनमै सफल भएको रिमालले बताए । आफ्नो योजनामा बुबा नारायण रिमालले साथ दिएकाले सम्भव भएको उनको भनाइ छ । एकपटक पूर्णरुपमा चार्ज गर्न करिब डेढ घण्टा लाग्ने र करिब १० किलोमिटर यात्रा तय गर्न सकिने स्कुटर बनाएको निश्चलको भनाइ छ ।
“विद्युतीय स्कुटर बनाउन सात दिन लाग्यो”, निश्चलले भने, “मानिस आएर हौसला दिनुभएको छ । झनै आत्मबल बढेको छ, अब विद्युतीय कार बनाउने योजनामा छु”। निश्चलले स्कुटरमा मोटर, चार्जर, स्कुटरको पाङ्ग्रालगायत उपकरण जडान गरेका छन् ।
छोराले सानै उमेरदेखि पढाइको अलावा बिग्रिएको पङ्खा, घडी, मोबाइल मर्मत गर्दै आएको बुबा नारायणले जानकारी दिए । छोराले आवश्यक सामग्री अनलाइनमार्फत खरिद गर्न माग गरेकाले आफूले सोहीअनुसार सहयोग गरेको उनको भनाइ छ । छोराले विद्युतीय कार बनाउने इच्छा व्यक्त गरेको र आफूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । “छोराले अब विद्युतीय कार बनाउँछु भनेको छ”, नारायणले भने, “अब कार बनाउन पनि सकेको सहयोग गर्छु ।”
नेपाल पुलिस स्कुलका प्रधानाध्यापक पुष्प रायक्षेत्रीले विद्यालयको अतिरिक्त कृयाकलापमा विद्युतीय उपकरण बनाउन निश्चल अग्रसर रहने गरेको बताए । निश्चलको क्षमतालाई बढावा दिन विद्यालयले सृजनात्मक वातावरण तयार गर्ने गरेको प्रधानाध्यापक रायक्षेत्रीको भनाई छ ।
‘‘पाँच कक्षा पढ्ने १२ बर्षीय बालकले बनाएको विद्युतीय स्कुटर देखेपछि हामी पनि छक्क परेका छौँ”, प्रधानाध्यापक रायक्षेत्रीले भने, “उहाँको क्षमतालाई अझै कसरी प्रस्फुटन गर्न सकिन्छ भन्नेमा हामी अग्रसर रहनेछौँ ।”
रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा