महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचियो
जलसरोकार
कञ्चनपुर : महाकाली नदीमा रहेको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवागमन रोकिएको छ ।
भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारातर्फको पिल्लर आज बिहान पानीको बेगका कारण भाँचिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
पिल्लर भाँचिएपछि पुलको करिब पाँचदेखि छ मिटर भाग माथि उठेको छ । त्यसका कारण पुलमा हिँडडुल गर्न नसकिने अवस्था भएपछि आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रावतका अनुसार पुलको उक्त भागमा बाटो अवरुद्ध भएपछि सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
“झोलुङ्गे पुलको दोधारातर्फको पाँच/छ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुङ्गे पुलको पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ,” उनले भने, “सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ।”
दुई दशकअघि निर्माण भएको यो झोलुङ्गे पुलले दोधारा–चाँदनीलाई भौगोलिक रूपमा मुलुकको मूलधारसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो । पुलमा क्षति पुगेपछि अहिले स्थानीयको आवतजावत प्रभावित भएको छ ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले पुलको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गर्ने बताए।
“आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो,” उनले भने, “पिल्लर भत्किएपछि आवागमन रोकिएको छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयको बजेट खर्च साढे दुई महिनामा ३.०८ प्रतिशत मात्रै
-
नौ कारोबार दिनपछि नेप्से २६०० विन्दुमुनि, कारोबार रकम बढ्यो
-
पुँजी बजारमा चलखेल रोक्न अर्थ समितिको कडा निर्देशन, नेप्से र सीडीएससीको नेतृत्व तत्काल नियुक्त गर्न आग्रह
-
नेप्से नफेरिएसम्म पुँजीबजार नफेरिने, रणनीतिक साझेदार भित्र्याउन निजी क्षेत्रको दबाब
-
पुँजी बजार सुधारका लागि कर नीति बदल्नेदेखि नेप्से निजीकरणसम्मका सुझाव
-
पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति