सितापाइलामा पार्किङ गरेको विद्युतीय कारमा आगलागी
जलसरोकार
काठमाडौं, – काठमाडौंको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो