सितापाइलामा पार्किङ गरेको विद्युतीय कारमा आगलागी
जलसरोकार
काठमाडौं, – काठमाडौंको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य