नियमन आयोगको अध्यक्षका लागि ६ जनाको नाम सर्ट लिस्ट, को–को परे ?


काठमाडौँ – विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये ६ जना र सदस्य पदमा ८ जना ‘सर्ट–लिस्ट’ मा परेका छन् । आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा रामप्रसाद धिताल, दिल्लीबहादुर सिंह, चन्द्रसिंह साउद, मधुसुधन अधिकारी, मोतिबहादुर कुँवर र अर्जुनजंग थापा छन् । अध्यक्ष पदका लागि ८ जनाले आवेदन दिएका थिए । ती मध्ये कुशेश्वरप्रसाद साहु र कृष्णसिंह बस्नेत प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
यस्तै सदस्य पदका लागि कृष्णसिंह बस्नेत, चुडामणि चापागाई, जयराज भण्डारी, झमकप्रसाद शर्मा, भागिरथी भट्टराई (ज्ञवाली), मधुसुदन अधिकारी, शकुन्तला ढकाल र सुरेशबहादुर भट्टराई सर्ट–लिस्टमा परेका छन् ।
सुर्यकुमार सापकोटा, जेनी पुरी र कुशेश्वरप्रसाद साहु प्रतिस्पर्धाबाट सदस्यको सर्ट लिस्टबाट बाहिरिएका छन् । आयोगले सर्ट लिस्टमा पर्ने अध्यक्षका पदमा पर्नेहरुलाई जेठ २६ र २७ गते तथा सदस्यका प्रतिस्पर्धीलाई जेठ २८ र २९ गते अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि बोलाएको छ । आयोगले रिक्त रहेको एक जना अध्यक्ष र ३ सदस्य नियुक्तिका लागि २६ वैशाखमा सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो
-
अर्थमन्त्री पौडेलको निर्देशन : बजेटका लक्ष्य पूरा गर्न तत्काल सक्रिय बन्नुहोस्
-
आव २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब
-
अधूरो लिफ्ट आयोजना पूरा नहुँदा वर्षेनी लाखौँको घाटा
-
सुदूरपश्चिम र पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना