नियमन आयोगको अध्यक्षका लागि ६ जनाको नाम सर्ट लिस्ट, को–को परे ?
जलसरोकार
काठमाडौँ – विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये ६ जना र सदस्य पदमा ८ जना ‘सर्ट–लिस्ट’ मा परेका छन् । आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा रामप्रसाद धिताल, दिल्लीबहादुर सिंह, चन्द्रसिंह साउद, मधुसुधन अधिकारी, मोतिबहादुर कुँवर र अर्जुनजंग थापा छन् । अध्यक्ष पदका लागि ८ जनाले आवेदन दिएका थिए । ती मध्ये कुशेश्वरप्रसाद साहु र कृष्णसिंह बस्नेत प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
यस्तै सदस्य पदका लागि कृष्णसिंह बस्नेत, चुडामणि चापागाई, जयराज भण्डारी, झमकप्रसाद शर्मा, भागिरथी भट्टराई (ज्ञवाली), मधुसुदन अधिकारी, शकुन्तला ढकाल र सुरेशबहादुर भट्टराई सर्ट–लिस्टमा परेका छन् ।
सुर्यकुमार सापकोटा, जेनी पुरी र कुशेश्वरप्रसाद साहु प्रतिस्पर्धाबाट सदस्यको सर्ट लिस्टबाट बाहिरिएका छन् । आयोगले सर्ट लिस्टमा पर्ने अध्यक्षका पदमा पर्नेहरुलाई जेठ २६ र २७ गते तथा सदस्यका प्रतिस्पर्धीलाई जेठ २८ र २९ गते अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि बोलाएको छ । आयोगले रिक्त रहेको एक जना अध्यक्ष र ३ सदस्य नियुक्तिका लागि २६ वैशाखमा सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य