हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान
जलसरोकार
काठमाडौं: सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपात र तराई–मधेसमा हुन सक्ने शीतलहरबाट सुरक्षा प्रदान गर्न राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको परामर्शपछि कार्ययोजनालाई अन्तिम रूप दिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार तयार गरिएको कार्ययोजनामा हिमाली तथा उच्च पहाडी २९ जिल्ला र तराई–मधेसका २१ जिल्ला जोखिममा पर्ने उल्लेख छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शीतलहर र हिमपातको प्रभाव बढी हुने अनुमान गरिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टका अनुसार कार्ययोजना छिट्टै गृहमन्त्रीको अध्यक्षतामा पारित गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै आवश्यक राहत सामग्रीको अग्रिम व्यवस्था गर्ने प्रावधान कार्ययोजनामा समावेश छ ।
मंसिर १५ भित्र प्रभावित क्षेत्र र लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक गर्ने, पूर्वसूचना प्रणालीलाई सक्रिय बनाउने तथा हिमपात–शीतलहरले पार्न सक्ने प्रभाव न्यूनीकरणका कार्यहरू कार्ययोजनामा समेटिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?
-
चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो
-
चालु वर्षको चैतसम्म अप्पर सोलु हाइड्रोको नाफा २१ करोड १० लाख रुपैयाँभन्दा बढी
-
सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा