भारतले बनाएको बाँधका कारण ३सय बिघा खेतीयोग्य जमिन डुबानमा
जलसरोकार
कपिलवस्तु— भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।
असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्।
यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो।
‘बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएको छ। अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको छ,’ यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले भने।
महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ।
त्यसले निकास थुनिँदा नेपालतर्फ डुबान भएको नेपाली किसानको दाबी छ। रोपाइँ गर्न तयार खेत डुबेपछि १५० परिवार किसानको चिन्ता बढेको छ। कतिपय किसानको बिउ रोप्न नपाउँदा पहेँलिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा