भारतले बनाएको बाँधका कारण ३सय बिघा खेतीयोग्य जमिन डुबानमा
जलसरोकार
कपिलवस्तु— भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।
असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्।
यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो।
‘बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएको छ। अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको छ,’ यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले भने।
महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ।
त्यसले निकास थुनिँदा नेपालतर्फ डुबान भएको नेपाली किसानको दाबी छ। रोपाइँ गर्न तयार खेत डुबेपछि १५० परिवार किसानको चिन्ता बढेको छ। कतिपय किसानको बिउ रोप्न नपाउँदा पहेँलिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य