प्रशोधित पिउने पानीका २७१ जार नष्ट
जलसरोकार
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ । महानगरका अनुसार गत आसार र साउन महिनामा मात्र ४५६ वटा जार बरामद गरी नष्ट गरिएको हो ।
बर्खायाममा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि गरिएको अनुगमनका क्रममा जार नष्ट गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार पानीको गुणस्तर सुनिश्चित गर्न नमुनाहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
चालु आर्थिक वर्षदेखि महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायत स्थानमा अनुगमन गर्दै आएको छ । यस क्रममा महानगर, कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको पनि निरीक्षण गरिएको हो ।
“बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै हामी प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिइरहेका छौँ,” न्यौपानेले बताए, “मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्, त्यसैले हामीले यस्ता जार तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ ।”
अनुगमनका क्रममा पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जार बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरप्रति संवेदनशील रहन निर्देशन दिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने