प्रशोधित पिउने पानीका २७१ जार नष्ट
जलसरोकार
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ । महानगरका अनुसार गत आसार र साउन महिनामा मात्र ४५६ वटा जार बरामद गरी नष्ट गरिएको हो ।
बर्खायाममा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि गरिएको अनुगमनका क्रममा जार नष्ट गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार पानीको गुणस्तर सुनिश्चित गर्न नमुनाहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
चालु आर्थिक वर्षदेखि महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायत स्थानमा अनुगमन गर्दै आएको छ । यस क्रममा महानगर, कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको पनि निरीक्षण गरिएको हो ।
“बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै हामी प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिइरहेका छौँ,” न्यौपानेले बताए, “मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्, त्यसैले हामीले यस्ता जार तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ ।”
अनुगमनका क्रममा पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जार बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरप्रति संवेदनशील रहन निर्देशन दिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
-
किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत
-
बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी
-
कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
-
सुनकोशी-मरिण आयोजनाका ठेकेदार पटेल-रमण जेभीको करिब १ करोड बढी विद्युत् महसुल बक्यौता तिर्न बाँकी, काटियो लाइन