एक वर्षमै १६ वटा डिप बोरिङ, ४२५ हेक्टरमा सिँचाइ सुविधा
जलसरोकार
नवलपरासी: गत आर्थिक वर्ष २०८१/८२ मा नवलपुरमा सिँचाइका लागि १६ वटा डिप बोरिङ वितरण गरिएको छ । भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरका अनुसार ती डिप बोरिङमार्फत करिब ४२५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।
आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार एउटा डिप बोरिङबाट २५–३० हेक्टरमा सिँचाइ सुविधा पुग्ने र करिब १५० किसान लाभान्वित हुने गरेका छन् । जिल्लामा गैँडाकोटमा पाँच, विनयी त्रिवेणीमा चार, मध्यविन्दुमा तीन, कावासोतीमा तीन र देवचुलीमा एक बोरिङ वितरण गरिएको हो ।
किसानबाट माग आएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा बोरिङ वितरण गर्ने कार्यालयले जनाएको छ । एक बोरिङ निर्माणमा करिब २१ लाख रुपैयाँ खर्च हुने र त्यसमा तीन प्रतिशत जनसहभागिता अनिवार्य हुने प्रावधान रहेको छ । हालसम्म किसानको सहभागिता श्रमदानमार्फत हुने गरेको इञ्जिनियर केसीले बताए ।
चालु आवका लागि नवलपुरका पाँच पालिकाबाट २० वटा डिप बोरिङको माग भए पनि बजेट सीमितताका कारण नवलपुर, चितवन र मकवानपुर गरी तीन जिल्लामा जम्मा १२ बोरिङ मात्रै स्वीकृत भएको कार्यालयले जनाएको छ ।
नहर, कुलो वा खोलाको पानी प्रयोग गर्न सकिने क्षेत्रमा बोरिङ नदिइने उल्लेख गर्दै केसीले पहाडी भूभाग भएका हुप्सेकोट, बौदिकाली र बुलिङटार गाउँपालिकामा भने डिप बोरिङ कार्यक्रम नहुने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी