एक वर्षमै १६ वटा डिप बोरिङ, ४२५ हेक्टरमा सिँचाइ सुविधा
जलसरोकार
नवलपरासी: गत आर्थिक वर्ष २०८१/८२ मा नवलपुरमा सिँचाइका लागि १६ वटा डिप बोरिङ वितरण गरिएको छ । भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरका अनुसार ती डिप बोरिङमार्फत करिब ४२५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।
आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार एउटा डिप बोरिङबाट २५–३० हेक्टरमा सिँचाइ सुविधा पुग्ने र करिब १५० किसान लाभान्वित हुने गरेका छन् । जिल्लामा गैँडाकोटमा पाँच, विनयी त्रिवेणीमा चार, मध्यविन्दुमा तीन, कावासोतीमा तीन र देवचुलीमा एक बोरिङ वितरण गरिएको हो ।
किसानबाट माग आएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा बोरिङ वितरण गर्ने कार्यालयले जनाएको छ । एक बोरिङ निर्माणमा करिब २१ लाख रुपैयाँ खर्च हुने र त्यसमा तीन प्रतिशत जनसहभागिता अनिवार्य हुने प्रावधान रहेको छ । हालसम्म किसानको सहभागिता श्रमदानमार्फत हुने गरेको इञ्जिनियर केसीले बताए ।
चालु आवका लागि नवलपुरका पाँच पालिकाबाट २० वटा डिप बोरिङको माग भए पनि बजेट सीमितताका कारण नवलपुर, चितवन र मकवानपुर गरी तीन जिल्लामा जम्मा १२ बोरिङ मात्रै स्वीकृत भएको कार्यालयले जनाएको छ ।
नहर, कुलो वा खोलाको पानी प्रयोग गर्न सकिने क्षेत्रमा बोरिङ नदिइने उल्लेख गर्दै केसीले पहाडी भूभाग भएका हुप्सेकोट, बौदिकाली र बुलिङटार गाउँपालिकामा भने डिप बोरिङ कार्यक्रम नहुने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स