काठमाडौंको मध्यभागमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको चक्रपथभित्र १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । सहरी क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने र शहरको सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना अघि बढाइएको हो ।
प्रस्तावअनुसार प्रसारण लाइन बालाजु, महाराजगञ्ज,राजदरबार, रत्नपार्क हुँदै सिंहदरबारसम्म जोडिनेछ । बालाजु सबस्टेशनदेखि सिंहदरबारसम्मको कुल लम्बाइ ११.९२ किलोमिटर रहनेछ ।
यो प्रसारण लाइन डबल सर्किट हुनेछ र करिब ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता रहनेछ । आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाअन्तर्गत महाराजगञ्जमा १३२/११ केभी, राजदरबारमा १३२/११ केभी, रत्नपार्कमा १३२/११ केभी तथा सिंहदरबारमा १३२/६६/११ केभी क्षमताका सबस्टेशन निर्माण गरिनेछ ।
यस परियोजनाका लागि २१ वटा ‘ज्वाइन्ट पिट्स’ निर्माण गरिनेछ, जसको अधिकतम दूरी ५०० मिटरसम्म रहनेछ । कुल १.६२ हेक्टर जमिन आवश्यक पर्नेछ ।
नेपाल विद्युत् प्राधिकरणले उक्त प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि विद्युत् विकास विभागमा अनुमति माग गर्दै आवेदन दिएको छ ।
विद्युत् ऐन, २०४९ अनुसार निर्माणका क्रममा वातावरणीय असर न्यून हुने गरी काम गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसअघि रत्नपार्क,महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइसकेको छ भने काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा काम जारी छ । पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारण लाइन अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
सहरी सौन्दर्य बढाउने र विद्युत् आपूर्ति सुधार गर्ने उद्देश्यले सुरु गरिएका यस्ता परियोजनाहरू समयमै सम्पन्न हुन नसक्दा अपेक्षित लक्ष्य भने हासिल हुन नसकेको पनि उल्लेख गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ६ अर्ब ८६ करोड नाघ्यो
-
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
-
असारे खर्चको परम्परा कायमै, आर्थिक वर्षको अन्तिम महिनामै २ खर्ब १८ अर्बभन्दा बढी बजेट खर्च
-
विद्युत सेवा सुधार र ग्राहक सन्तुष्टिमा ध्यान दिन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
-
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको माटो थुपार्दा नदी कटान र पहिरो बढेको स्थानीयको गुनासो