अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई पठाउने जेनजीको निर्णय
जलसरोकार
काठमाडौं : जेन जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पठाउने निर्णय गरेको छ ।्
जेनजी नेपालले आज विज्ञप्ति जारी गर्दै नेपाललाई लोडसेडिङ मुक्त गराउने, देशभक्त व्यक्ति र सबैले रुचाएको इन्जिनियर घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय गरेको जनाएको हो ।
जेनजी नेपालको हिजो भएको भर्चुअल छलफललमा प्राधिकराण्का पूर्व कार्यकारी प्रमख घिसिङको नाममा पनि सकारात्मक छलफल भएको उल्लेख गरेको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य तथा सुशासन कायमसहितको जेनजी नेपालको आन्दोलन अभूतपूर्व सफलता नजिक रहेको उल्लेख गर्दै जेनजीले आफू समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै आन्दोलन निष्कर्षमा पुग्ने पनि जनाएको छ ।
अन्तरिम मन्त्रिपरिषदको नेतृत्वका लागि सबैभन्दा योग्यतम र सबैले रुचाएका काठमाडौं महानगरपालिकाका प्रमसख बालेन्द साह रहेको तर उनले यस प्रक्रियमा रुचि नै नदेखाएको जनेजी नेपालले जनाएको छ ।
हिजो भएको भर्चुअल छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नामबारे धेरैजनाको समर्थन रहेको र सकारात्मक छलफल भए पनि आफ्नो लागि नको नाम अगाडि सार्नु विधिसम्मत नदेखिएको विज्ञिपतमा छ । ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधीश, न्यायाधीशहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँ (कार्की) ले जनेजीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा छ ।
जेनजी नेपालले हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी