अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई पठाउने जेनजीको निर्णय
जलसरोकार
काठमाडौं : जेन जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पठाउने निर्णय गरेको छ ।्
जेनजी नेपालले आज विज्ञप्ति जारी गर्दै नेपाललाई लोडसेडिङ मुक्त गराउने, देशभक्त व्यक्ति र सबैले रुचाएको इन्जिनियर घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय गरेको जनाएको हो ।
जेनजी नेपालको हिजो भएको भर्चुअल छलफललमा प्राधिकराण्का पूर्व कार्यकारी प्रमख घिसिङको नाममा पनि सकारात्मक छलफल भएको उल्लेख गरेको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य तथा सुशासन कायमसहितको जेनजी नेपालको आन्दोलन अभूतपूर्व सफलता नजिक रहेको उल्लेख गर्दै जेनजीले आफू समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै आन्दोलन निष्कर्षमा पुग्ने पनि जनाएको छ ।
अन्तरिम मन्त्रिपरिषदको नेतृत्वका लागि सबैभन्दा योग्यतम र सबैले रुचाएका काठमाडौं महानगरपालिकाका प्रमसख बालेन्द साह रहेको तर उनले यस प्रक्रियमा रुचि नै नदेखाएको जनेजी नेपालले जनाएको छ ।
हिजो भएको भर्चुअल छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नामबारे धेरैजनाको समर्थन रहेको र सकारात्मक छलफल भए पनि आफ्नो लागि नको नाम अगाडि सार्नु विधिसम्मत नदेखिएको विज्ञिपतमा छ । ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधीश, न्यायाधीशहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँ (कार्की) ले जनेजीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा छ ।
जेनजी नेपालले हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्