तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदार आन्दोलन, काम ठप्प
जलसरोकार
सङ्खुवासभा : सङ्खुवासभामा निर्माणधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा मजदुरले तलब नपाएपछि काम ठप्प परेको छ। छ महिनादेखि तलब नपाएको भन्दै आज बिहान १,५०० कामदारले काम रोकेका हुन्।
आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका-२, पुखुवा क्षेत्रमा कार्यरत मजदुर र पेटी ठेकेदारले असुन्तष्टि जनाउँदै काम ठप्प पारेर आन्दोलन सुरु गरेका छन्। यसका कारण आयोजनाको कार्य पूर्ण रूपमा प्रभावित भएको छ।
निर्माणको जिम्मेवारी भारतीय कम्पनी पटेल इन्जिनियरिङले लिएको छ। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले मजदुरले तलब समयमै भुक्तानी पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको जानकारी दिइन्। यसअघि पनि मजदुरहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए, तर कम्पनीले समयमै तलब भुक्तानी सुनिश्चित नगरेको आरोप छ।
यो ९०० मेगावाट आयोजनामा भारतीय सतलज कम्पनीसँगै ड्याम फ्याक्सिदा र पुखुवा क्षेत्रका तीन हजारभन्दा बढी भारतीय र नेपाली कामदार कार्यरत छन्। आयोजनाको कुल लागत रु १ खर्ब २० अर्ब अनुमान गरिएको छ र पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रभावित परिवारलाई आयोजनाले ३० युनिट दरमा निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता गरेको छ। यस आयोजना मार्फत नेपालले आगामी २५ वर्षमा करिब ३४० अर्ब रुपैयाँ बराबरको रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार छुट प्राप्त गर्ने अपेक्षा छ।
विश्लेषकका अनुसार, मजदुरले समयमै तलब नपाउनु निर्माण कार्यमा ढिलाइ र लागत वृद्धि गराउने सम्भावना छ। यदि तत्काल समाधान ननिकालेमा आयोजना सम्पन्न हुने समयसीमा प्रभावित हुन सक्छ र आर्थिक फाइदा ढिला प्राप्त हुने खतरा रहन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य