सानिमा जुम खोला जलविद्युत् निर्माणस्थलमा मजदुरको मृत्यु
जलसरोकार
दोलखा: दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत निर्माण भइरहको बाबरी हाइड्रोपावर कन्स्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सुरुङमार्गमा कार्यरत ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का ३९ वर्षीय शुक्रबहादुर राई कामको क्रममा लडेर गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोका अनुसार सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा उनी अचानक चिप्लिएर करिब ५ मिटर तल खसेका हुन् ।
गम्भीर घाइते भएका राईलाई तत्काल धुलिखेल शाखा अस्पताल दोलखा पु¥याइएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
राईको शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्