सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सानिमा जुम खोला जलविद्युत् निर्माणस्थलमा मजदुरको मृत्यु

जलसरोकार
मंगलबार, मंसिर २३, २०८२ | १५:१४:२० बजे

 

दोलखा: दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत निर्माण भइरहको बाबरी हाइड्रोपावर कन्स्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

सुरुङमार्गमा कार्यरत ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का ३९ वर्षीय शुक्रबहादुर राई कामको क्रममा लडेर गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोका अनुसार सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा उनी अचानक चिप्लिएर करिब ५ मिटर तल खसेका हुन् ।

गम्भीर घाइते भएका राईलाई तत्काल धुलिखेल शाखा अस्पताल दोलखा पु¥याइएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

राईको शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : मंगलबार, मंसिर २३, २०८२ | १५:१४:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया