वर्षौंदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्डकाे काम अघि बढ्यो
जलसरोकार
हेटौंडा : वर्षौंदेखि अवरुद्ध रहेको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा टावर निर्माण कार्य पुनः सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा सरोकारवालासँग सहमति भएपछि कामले गति लिएको हो ।
मन्त्री श्रेष्ठले यसै साता स्थानीय जग्गाधनी तथा जनप्रतिनिधिसँग छलफल गर्दै मुआब्जासम्बन्धी विवाद समाधान गराएका थिए । त्यसपछि टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेसँगै निर्माण कार्य तीव्र गतिमा अघि बढेको हो । हाल एक साताभित्रै सात वटा टावरका लागि जग खन्ने र कङ्क्रिटिङ गर्ने काम भइरहेको जनाइएको छ ।
सन् २०१२ देखि निर्माण सुरु गरिएको यस प्रसारण लाइन अन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा परियोजना लामो समयदेखि अलपत्र अवस्थामा थियो । अब बाँकी टावर निर्माण प्रक्रिया अघि बढेपछि समग्र आयोजना सम्पन्नतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।
नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यस प्रसारण लाइन सम्पन्न भएपछि विद्युत् आपूर्ति थप भरपर्दो बन्नुका साथै निर्यातका लागि आवश्यक पूर्वाधार समेत तयार हुने विश्वास गरिएको छ । साथै, यसले निजी क्षेत्रलाई समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
उक्त परियोजनाको पूर्वी खण्ड ढल्केबर–इनरुवा भने करिब तीन वर्षअघि नै सम्पन्न भइसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य