अघि बढ्यो नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजनाको काम, वातावरणीय अध्ययन प्रतिवेदनबारे सार्वजनिक सूचना
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माण कार्य अघि बढाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम आज उक्त सूचना प्रकाशित गरिएको हो ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र दाङ जिल्लामा उक्त आयोजना कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाअन्तर्गत करिब १११ किलोमिटर लम्बाइको ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ भने विभिन्न स्थानमा टावर तथा सबस्टेशन निर्माण गरिनेछ ।
प्रसारण लाइन निर्माणका क्रममा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सम्भावित प्रभावहरूको पहिचान र मूल्यांकन गर्न प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रकाशिन गरेको सूचनाअनुसार आयोजनाबाट प्रभावित हुन सक्ने स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सरोकारवाला व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशित मितिले सात दिनभित्र आफ्नो लिखित राय, सुझाव वा गुनासो नेपाल विद्युत् प्राधिकरण वा परामर्शदाता संस्थामा पेश गर्न सक्नेछन् ।
प्राधिकरणले सरोकारवालाको सुझावलाई वातावरणीय अध्ययन प्रक्रियामा समेटी परियोजना कार्यान्वयनलाई थप पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै