अघि बढ्यो नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजनाको काम, वातावरणीय अध्ययन प्रतिवेदनबारे सार्वजनिक सूचना
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माण कार्य अघि बढाएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम आज उक्त सूचना प्रकाशित गरिएको हो ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र दाङ जिल्लामा उक्त आयोजना कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाअन्तर्गत करिब १११ किलोमिटर लम्बाइको ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ भने विभिन्न स्थानमा टावर तथा सबस्टेशन निर्माण गरिनेछ ।
प्रसारण लाइन निर्माणका क्रममा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सम्भावित प्रभावहरूको पहिचान र मूल्यांकन गर्न प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रकाशिन गरेको सूचनाअनुसार आयोजनाबाट प्रभावित हुन सक्ने स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सरोकारवाला व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशित मितिले सात दिनभित्र आफ्नो लिखित राय, सुझाव वा गुनासो नेपाल विद्युत् प्राधिकरण वा परामर्शदाता संस्थामा पेश गर्न सक्नेछन् ।
प्राधिकरणले सरोकारवालाको सुझावलाई वातावरणीय अध्ययन प्रक्रियामा समेटी परियोजना कार्यान्वयनलाई थप पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य आफैले प्राधिकरण बोर्डमा लगेका थिए भारतबाट प्रतियुनिट ६.७४ भारुमा किन्ने प्रस्ताव, तर आफैले निर्णय नगरेको खुलासा (प्रमाणसहित)
-
पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने
-
अघि बढ्यो नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजनाको काम, वातावरणीय अध्ययन प्रतिवेदनबारे सार्वजनिक सूचना
-
नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुला
-
पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र कुहिरोको सम्भावना
-
पुनर्निर्माण कोषमा २५ लाख सहयोग