काटिएका लाइन तत्काल नजोडे अन्य उद्योगमा आफै लाइन काट्छौं : व्यवसायी
जलसरोकार
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेर काटेका पाँच उद्योगका लाइन तत्काल नजोडे उद्योगीहरुले अन्य उद्योगको पनि आफैं लाइन काट्ने चेतावनी दिएका छन् । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौता नबुझाउने उद्योगको लाइन धमाधम काट्न थालेपछि उद्योगीहरुले आफैं लाइन काट्ने चेतावनी दिएका हुन्।
प्राधिकरणले महसुल नबुझएको भन्दै हालसम्म पाँच उद्योगको लाइन काटिसकेको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटेपछि उद्योगीहरु प्राधिकरणप्रति आक्रामक भएका हुन्।
उद्योगीहरूले बिहीबार पीडित तथा प्रताडित उद्योगी समूहका नाममा प्रेस विज्ञप्ति निकालेर लाइन काटिएकामा प्राधिकरणको चर्को विरोध गरेका छन्। उनीहरूले प्राधिकरणमाथि आफूहरूलाई तर्साउने र धम्काउने काम सुरु गरेको आरोप लगाएका छन्। ‘प्राधिकरणले प्रमाण दिएमा सो अनुसार महसुल तिर्न तयार रहँदा रहँदै औद्योगिक वातावरण बिगार्ने र विवाद बढाउने गरी उद्योगहरूमा बिजुली आपूर्ति कटौती गर्नुलाई हामी पीडित तथा प्रताडित उद्योगी समूहले सामूहिक रूपमा प्रतिवाद निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘५ उद्योगमा तत्काल विद्युत् आपूर्ति निरन्तर नबनाए हामी उद्योगीहरूले आ(आफ्नो उद्योगको बिजुली आफैं कटौती गर्ने जानकारी गराउन चाहन्छौं।’
उद्योगीले प्राधिकरणमाथि अतिरिक्त रकम लिनु पर्ने आधार, कारण र प्रमाण दिनुको साटो उद्योगमा छापामार शैलीमा बिजुली आपूर्ति बन्द गरेको आरोप लगाएका छन्। उनीहरूले गत मंगलबार पत्रकार सम्मेलन गरेर प्राधिकरणको कार्यशैलीको विरोध गरेका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा